बुटवल । नेपालमा २५ जना कोरोना भाइरस (कोभिड(१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार बाँकेमा थप ६ जनामा संक्रमण पुष्टि भएको छ । नरैनापुर गाउँपालिकामा ५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष तथा खजुरा गाउँपालिका(५ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै कपिलवस्तुमा थप १३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये २२, ३५ र ४८ वर्षीय पुरुष विजयनगरको क्वारेन्टाइनमा छन् । १० जना महाराजगञ्ज गाउँपालिकाका छन् । उनीहरु मध्ये तीन जना ३, ४ र ६ वर्षका बालिका हुन् । यस्तै १६, २५ र ३२ वर्षकी महिला र १२, २०, २४ र ३४ वर्षका पुरुषमा संक्रमण देखिएको छ । नवलपरासी पश्चिममा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी सुस्ता गाउँपालिका(५ को बेलवानी क्वारेन्टाइनमा छन् । यसैगरी धनकुटामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु २८, २९, ३५ र ३७ वर्षका पुरुष र २४ वर्षकी महिला छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ । यसैगरी नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या ४५ पुगेको छ । आज थप ८ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले थप ८ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएको जानकारी दिए । उनका अनुसार कोसी अस्पालमा रहेका ८ जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा नेगेटिभ नतिजा आएपछि डिस्चार्ज गरिएको हो । नेपालमा कोरोना भाइरस संक्रमिको संख्या ४२७ पुगेको छ । बुधबार मात्रै २५ जना संक्रमित थपिएका हुन् । हालसम्म कोरोना भाइरसका कारण २ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार बुधबारसम्म ३५ हजार ४ सय ९४ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । ७५ हजार ७२ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालय २४ घण्टाको अवधिमा २ हजार ४ सय ८८ नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ । त्यसैगरी ३ हजार ६ सय १० जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।