लकडाउनको कारण तरकारीले बजार पाएन, किसान मर्कामा

लकडाउनको कारण तरकारीले बजार पाएन, किसान मर्कामा


खेमानन्द पाठक/ बुटवल । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेसँगै यसको प्रत्यक्ष असर कृषक र उपभोक्तालाई परेको छ । भरपर्दाे वितरण प्रणाली नहुँदा कृषकहरुको खेतबारीमा तरकारी कुहिन थालेका छन् भने उपभोक्ताहरु महंगो मूल्यमा उपभोग गर्न बाध्य भएका छन् ।

यसै विच तिलोत्तमा नगरपालिकाले भारतबाट आयातित तरकारी तथा फलफुल अस्वस्थकर हुनसक्ने भन्दै विक्री वितरण र उपभोग नगर्न आग्रह गरेपनि तिलोत्तमा कै किसानले उत्पादन गरेको तरकारी विक्रि नहुँदा किसानमा निरासा छाएको छ । नगरपालिकाले सूचना जारी गर्दै रुपन्देहीको मर्चवार, छपिया, फर्साटिकर, सेमलार लगायतका क्षेत्रमा तरकारी उत्पादन भईरहेकोले स्थानीय उत्पादन मात्र सेवन गर्न आग्रह गरेको थियो ।

तर निर्वाधरुपमा कृषकहरुले आफ्नो उत्पादित बस्तुलाई बजार लैजान पाएका छैनन् त्यसकारण उत्पादक र उपभोक्ता दुवै मारमा परेको अवस्था छ । स्थानिय निकायहरुले कृषि उपजको ढुवानीमा सहजताको लागि यातायातका साधनहरुको व्यवस्था नगरिदिएका कारण विक्रि वितरण गर्न कठिनाई भएको रामलिला तरकारी उत्पादक कृषक समुहका संरक्षक कृष्ण प्रसाद पन्थीले बताउनु भयो । उहाँका अनुसार तरकारी खरिद गर्न कोहि थोक व्यापारी नआएपछि समुहले दैनिक ४५०० तिरेर पिकअप भाडामा ल्याएर उपभोक्ताको घरघरमा विक्रि गर्दै आईरहेको बताउनु भयो ।

तिलोत्तमामा मात्र सवै तरकारी खपत नहुने भएकाले बुटवल बजार सम्म पु¥याएर विक्रि गर्न कठिनाई भएको उहाँको भनाई छ । साथै तरकारी संकलन तथा वितरण केन्द्रबाट देनिक १८ क्युन्टल बराबरको तरकारी विक्रि गरिने बताउनु भयो । दैनिक रुपमा करेला, घिरौला, काँक्रा, भिन्डी, खुर्सानी, लौका, फर्सि, बोडि, हरियो साग, चिचिन्ना, मुला,तरोई, भान्टा आदी संकलन गर्दै आईरहेको समुहका अध्यक्ष रामानन्द केवटले बताउनु भयो ।

बन्दाबन्दीमा किसानसँग आवतजावतको ‘पास’ नहुँदा बजारमा तरकारी बिक्री गर्न ल्याउन नसकिएको बताउदै बुटवल उपमहानगरपालिकाले सिमाना जोडिएका पालिकाहरुलाई स्थानीय स्तरमा उत्पादन भएको हरियो ताजा तरकारी र फलफुल स्थानीय पालिका मार्फतसम्वन्धीत पालिकाले प्रमाणित गरेपछि मात्र बुटवलमा ल्याई बिक्री वितरण गर्र्न पाइने निर्णय गरेअनुसार तिलोत्तमा नगरपालिकामा स्वकृति लिन गएपनि तिलोत्तमा नगरपालिकाले बुटवलमा लगेर विक्रि गर्न अनुमति नदिएकाले बुटवलमा लगेर विक्रि गर्न नपाएकाले यस बारेमा छलफल भईरहेको समुहका अध्यक्ष केवटको गुनासो छ ।

उहाँका अनुसार तिलोत्तमा १४ रगरगंजका किसानले २०० विगाह भन्दा धेरै क्षेत्रफलमा तरकारी लगाएका र नजिकिदो सिजनमा खेती गर्नको लागि उन्नत बीउविजन र बजारको अभाव भएको बताउनु भयो । किसानका सवै तरकारी खरि, मल, मजदूरको अभाव बेहोर्नु परिरहेको छ, साथै कृषि ऋण लिएर गरिएका व्यवसायहरुका लागि व्याज तथा किस्ता तिर्ने समस्याले पिरोलिरहेको बताउनु भयो । रामलिला युवा क्लवका अध्यक्ष तथा अगुवा किसान रामचन्द्र कस्यपका अनुसार एकातिर नयाँ बाली लगाउन नपाइएको र अर्कोतिर भएका तरकारी पनि बजारमा लगेर बेच्न नसकिएको गुनासो गर्नुभयो ।

‘अहिले घिरौंला, करेला, भिण्डी, लौका, घिउ सिमी, बोडी लगायतका तरकारी लगाउने मौसम हो उन्नत बिउ ल्याउन पाउन सकिएको छैन , पाएपनि तेब्बर मुल्य तिरेर खरिद गर्नु परेको कस्यपले बताउनु भयो । नगरपालिकाले यस वडालाई कृर्षि पकेट क्षेत्र घोषणा गरेर किसानलाई राहत दिनका लागी खेत खेतमा विजुलीको व्यवस्था गरिदिएकाले तरकारी खेति गर्न धेरै सहज भएको तिलोत्तमा कृर्षि सञ्जाल वडा नम्बर १४ का अध्यक्ष रामविलास केवटको भनाई छ ।

उहाँका अनुसार यस संकलन केन्द्रमा तिलोत्तमा नगरभित्रका जहाँका किसान भएपनि आफुले उत्पादन गरेको तरकारीलाई यहाँ ल्याएर विक्रि गर्न पाउने व्यवस्था गरिएको बताउनु भयो ।
तिलोत्तमा नगरपालिका १४ रगरगंजका करीब २७ घरपरिवारले व्यावसायिक तरकारी खेतीबाट आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । यसरी लम्बिँदै गएको लकडाउनका कारण तरकारी बिक्री गर्न नपाएपछि छाक टार्नसमेत समस्या हुन थालेको उनीहरुको गुनासो छ । किसानले उब्जाएको तरकारी स्थानीय सरकारले बजारसम्म लैजाने व्यवस्था मिलाउनुपर्ने उनीहरुको माग छ ।

Share This
  • 30
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    30
    Shares