कपिलवस्तुमा १ सहित थप ९ जनामा कोरोना पुष्टि , योसँगै नेपालमा कोरोना भाइरस संक्रमित संख्या ४५३ पुगे

1.3K

कपिलवस्तुमा १ सहित थप ९ जनामा कोरोना पुष्टि , योसँगै नेपालमा कोरोना भाइरस संक्रमित संख्या ४५३ पुगे


बुटवल । कपिलवस्तुमा विहीबार थप एक जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको दक्षिणी भारतीय सिमावर्तीमा रहेको शुद्धोधन गाउँपालिकाका एक जना संक्रमित थपिएका हुन् । उनी १९ बर्षीय छन् भने वडा नं. ३ मा उनको घर रहेको छ ।संक्रमितको संख्या अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीकै सम्पर्कमा रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यो संगै कपिलवस्तुमा कोरोना संक्रमित ६० पुगेका छन् । साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापामा ८ जना पुरुषहरू १७ वर्षीय १ जना, १८ वर्षीय २ जना, २० वर्षीय २ जना, २३, ५२ र ५५ वर्षीय रहेका छन् ।
कपिलवस्तुमा विहीबार थप एक जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको दक्षिणी भारतीय सिमावर्तीमा रहेको शुद्धोधन गाउँपालिकाका एक जना संक्रमित थपिएका हुन् ।उनी १९ बर्षीय छन् भने वडा नं. ३ मा उनको घर रहेको छ ।संक्रमितको संख्या अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीकै सम्पर्कमा रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४५३ पुगेको उनले बताए । बिहीबार टेकु अस्पतालबाट ४ जना डिस्चार्ज भएका छन् २३ र २५ महिला, ३७ र २७ पुरुष गरी ४ जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । उनीहरू ९ दिनसम्म अस्पतालमा बसेर निको भएर डिस्चार्ज भएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ३ हजार ४ सय १३ पीसीआर विधिबाट र ३ हजार ६ सय २३ जनाको आरडीटी विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको छ । नेपालमा पीसीआर विधिबाट बिहीबारसम्म कुल ३८ हजार ७ सय ३६ नमुनाको परीक्षण गर्दा आइडीटी ७८ हजार ६ सय ९५ जनाको नमुना परीक्षण गरिएको छ ।