प्रदेश ५ मा गणतन्त्र दिवसमा दिपावली गर्ने

455

प्रदेश ५ मा गणतन्त्र दिवसमा दिपावली गर्ने

बुटवल । प्रदेश नम्बर ५ को सरकारले गणतन्त्र दिवसका दिन यही जेठ १५ गते सरकारी कार्यालय, संघसंस्था तथा निवासमा दिपावली गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ । आज ( विहिवार ) बसेको प्रदेश मन्त्रिपरिषदले उक्त निर्णय गरेको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेर बहादुर केसीले जानकारी दिनु भयो । जेठ १० गते .प्रदेश सरकारको आर्थिक वर्ष २०७७ ।०७८ को नीति कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्नृका साथै तराईका जिल्लामा २ सय र पहाडी जिल्लामा ५० बेडको आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको छ। आइसोलेसन केन्द्रमा पिसिआरबाट पोजेटिभ देखिएका र कोभिड १९ को लक्षण नदेखिएका बिरामीलाई राख्नेनिर्णय गरेको छ । साथै आइसोलेसन केन्द्र बनाउन कोभिड कोषबाट रकम दिने ,र यसैगरी प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएकोमा उहाँले पाउनुपर्ने बीमा बापतको १० लाख रुपैंया प्रदान गर्ने निर्णय गरेको उहाँले जानकारी गराउनु भयो ।