हाईलाइफ फुड प्रोडक्टद्वारा क्वारेण्टाईनमा बसेकालाई खाद्य सामाग्री सहयोग

797

हाईलाइफ फुड प्रोडक्टद्वारा क्वारेण्टाईनमा बसेकालाई खाद्य सामाग्री सहयोग

बुटवल । हाईलाइफ फुड प्रोडक्ट प्रा.लि. बुटवलले कोरोना भाईरसका कारण छिमेकी मुलुक भारतबाट फर्केर आई क्वारेण्टाईनमा बसेकाहरुको दैनिक खानपिनका लागि आफ्नै उद्योग उत्पादित खाद्य सामाग्री सहयोग गरेको छ । आफ्नै कम्पनिबाट उत्पादित खाद्य सामाग्रीहरु चिउरा, सोयाविन मस्यौरा, कर्नफ्लेक्स, ओट्स आदी सहयोग गरेको हो ।
यस क्रममा विहिवार बुटवल ४ स्थित कान्ति मा.वि.को क्वारेन्टाईनमा रहेका ११० जनाकोलागि मिश्रीत खाधान्न प्याकेज उक्त वडाका वडा अध्यक्ष टंक प्रसाद पराजुलीलाई हस्तान्तरण गरेको छ । साथै साथैे तिलोत्तमा–२, स्थित दुर्गादत्त माध्यामिक विधालयको क्वारेन्टाईनमा रहेका ४५ जना व्याक्तिहरुको लागि त्यस वडाका वडा अध्यक्ष दधिराम गौतमलाई खाद्य सामाग्री हस्तान्तरण गरिएको कम्पनीका प्रवन्ध निर्देशक प्रशान्त घिमिरेले जानकारी गराउनु भयो । उहाँका अनुसार कम्पनीले बेलाबखतमा यस्ता सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको समेत बताउनु भयो । उक्त कम्पनीले उत्पादन गर्ने सबै खाधान्नमा नेपालकै ९० प्रतिशत कच्चा पदार्थ प्रयोग गरी उच्च गुणस्तरको उत्पादन भएको र उत्पादित वस्तु नेपालका साथै विदेशमा पनि हङ्खकङ्ख, मकाउ लगायतका देशहरुमा विक्री वितरण गर्दै आएको र हाल अष्ट्रेलिया र अमेरीकामा पनि निर्यात गर्ने प्रकृयामा रहेको कम्पनिका अध्यक्ष घिमिरेले बताउनु भयो । यस विषम परिस्थीतीमा पनि कम्पनीले खाधान्न अभाव नहोस भन्ने हेतुले निकै समस्याका बावजुद पनि विभिन्न सुरक्षाका मापदण्ड अपनाएर आफ्नो उत्पादनलाई निरन्तरता दिएको र आफ्ना कर्मचारीहरुको सुरक्षाकालागि कम्पनी स्वयंमले कोभिड–१९ विमा व्यबस्था गरेको समेत उहाँले बताउनु भयो ।
कम्पनिले यसअघि पनि सियारी गाउंपालिका वडा नंं.१ का ३०० विपन्न परिवारलाई एक सातालाई पुग्नेगरी उक्त वडाका वडा अध्यक्ष अरुण साही मार्फत खाध्य सामाग्री हस्तान्तरण गरिसकेको र कम्पनीले बेलाबखतमा यस्ता सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको पनि कम्पनीका प्रवन्ध निर्देशक घिमिरेले बताउनु भयो ।