कपिलवस्तुमा ९ जना सहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि, देशभर संक्रमित संख्या ४८७ पुग्यो

476

कपिलवस्तुमा ९ जना सहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि, देशभर संक्रमित संख्या ४८७ पुग्यो

बुटवल । शुक्रबार विहान कपिलवस्तुमा थप ९ जना सहित देशभर ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुको वाणगगा नगरपालिका वाड न. ७ का बर्ष ५३ पुरुष १ जना, वाड न ५ बर्ष २७ का पुरुष १ , वाड न. १० बर्ष २५ पुरुष १ जना, वाड न . ८ बर्ष २४ पुरुष १ जना र वाड न. ४ को बर्ष ८ को बालिका १ जना र कपिलवस्तु नगरपालिका वाड न ३ बर्ष २९ का पुरुष १ जना हुनुहुन्छ । साथै कपिलवस्तु कै मायादेवी गाउँपालिका वाड न. ४ बर्ष ४५ का पुरुष १, वाड न.५ बर्ष ३४ र ३६ का पुरुष २ जनामा कोरोना संक्रमण देखिएको हो । साथै चितवनमा २, नवलपरासीका ३, नवपरासी पूर्वका १ जनामा कोरोना संक्रमण देखिएको हो । सर्लाहीको गौडेता नगरपालिका र रामनगर बहुअर्वा नगरपालिकामा कोरोना संक्रमण देखिएको हो । त्यहाँका २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८ र ३९ वर्षका पुरुष र १८ वर्षकी महिलामा कोरोना संक्रमण भएको छ । नवलपरासीको सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिकाका ३३ र ३५ वर्षका पुरुष र १५ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको छ । चितवनको भरतपुर महानरगपालिका–६ का ७४ वर्षका पुरुष, ७३ वर्षकी महिलामा कोरोना संक्रमण भएको छ । त्यस्तै नवलपरासी पूर्वको विनय त्रिवेणी गाउँपालिका– ६ का ४५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।