कोरोना संक्रमितको संख्या ५ सय ७ पुग्याे नेपालमा

कोरोना संक्रमितको संख्या ५ सय ७ पुग्याे नेपालमा

बुटवल, ९- जेठ /नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको जनाएकाे हाे  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्।

डा देवकोटाका अनुसार आज २१ जना संक्रमित आज डिस्चार्ज भएका हुन्। उनीहरु बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्तपालमा उपचाररत थिए।

हालसम्म नेपालमा संक्रमण पुष्टि भएकामध्ये ७० जना अहिले संक्रमणमुक्त भएका छन् भने ३ जना संक्रमितको भने मृत्यु भइसकेको छ।

Share This
  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares