थप ३२ जनामा देखियो कोरोना, संक्रमितको संख्या ५ सय ४८ पुग्यो

थप ३२ जनामा देखियो कोरोना, संक्रमितको संख्या ५ सय ४८ पुग्यो

बुटवल । नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा, भरतपुर अस्पताल कोभिड- १९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमा सर्लाहीको गोडैता, कविलासी नगरपालिकाका १८ देखि ३५ वर्ष उमेर समूहका १३ पुरुष, कपिलवस्तु वागंगा नगरपालिकाका १७ देखि ४२ वर्षका ८ महिला र पुरुष, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका २० देखि ५५ वर्षका ८ जना पुरुष रहेका छन् ।

त्यस्तै, आज नै काठमाडौंका ३५ वर्षीय पुरुष, बाराको करैमायामाई गाउँपालिकाका ३७ वर्षीया महिला र चितवनको भरतपुर महानरपालिका(६ का ५२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । जसमध्ये ७० जना उपचारपछि निको हुँदा ३ जनाको मृत्युु भएको छ ।

Share This
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share