कपिलवस्तुमा वाणगंगा ६ र बुद्धभूमि नगरपालिकामा २ जना कोरोना संक्रमित थपिए

कपिलवस्तुमा वाणगंगा ६ र बुद्धभूमि नगरपालिकामा २ जना कोरोना संक्रमित थपिए

बुटवल । कपिलवस्तुमा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ । शनिबार विहान स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार वाणगंगामा ६ र बुद्धभूमिमा २ जना संक्रमित थपिएका हुन् । वाणगगा नगरपालिका वडा न. ८ का बर्ष २५ पुरुष १ जना, वडा न ३ बर्ष १९ का पुरुष १ , वडा न. ११ बर्ष ४२ पुरुष १ जना , वडा न. ५ को बर्ष ४० का पुरुष १ , वडा न. १० का बर्ष ३५ का पुरुष १ र वडा न. ६ का बर्ष २७ को १ जना महिला र बुद्धभुमी नगरपालिका वाड न. ४ का बर्ष १७ को महिला १ र बर्ष २२ को १ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिनुभयो । उहाँहरुको नमुना जेष्ठ ४,५ गते वाडगङ्गा नगरपालिका शिद्दार्थ क्याम्पस बुन्चीबाट सन्कलन गरिएको थियो । उहाँहरुको स्वास्थ अवस्था सामान्य रहेको र स्वास्थकर्मिको सम्पर्कमा रहेको स्वास्थ्य कार्यलयले जनाएको छ । यससङै कपिलवस्तुमा सन्क्रमितको संख्या ७७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ जना नै वाणगंगाका भनेपनि स्वास्थ्य कार्यालयले नाम भेरिफाई गर्दा २ जना बुद्धभूमिका रहेको पाइएको कार्यालयका कोरोना फोकल पर्सन थापाले जानकारी दिनुभयो ।

Share This
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share