पत्रकार र वडाध्यक्षसहित वाणगंगा नगरपालिकामा ६ जनामा कोरोना पुष्टि

पत्रकार र वडाध्यक्षसहित वाणगंगा नगरपालिकामा ६ जनामा कोरोना पुष्टि


बुटवल । कपिलवस्तुको वाणगंगा नगरपालिकामा ६जना कोरोना संक्रमित मध्ये १ जना वडा अध्यक्ष र १ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जाकारी दिएको छ ।
जनप्रतिनिधिलाई समेत कोरोना भएसंगै उनको सम्पर्कमा रहेका सबै आशंकाको घेरामा परेका छन् । उनीहरुको ट्रेसिङको काम भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै कपिलवस्तुमा संक्रमित हुने पत्रकारको संख्या तीन पुगेको छ । शनिबार संक्रमित हुने २७ वर्षीया वडा न. ६ का महिला पत्रकार हुन् । उनी स्थानीय संचारमाध्यममा काम गर्छिन् । शुक्रबार मात्र दुई जना पत्रकारलाई कोरोना देखिएको थियो । बाँकि संक्रमित वडा न. ८ का २५ बर्षीय पुरुष , वडा न ३ का १९ बर्षीय ,वडा न. ११ का ४२ बर्षीय पुरुष र वडा न. १० का ३५ का बर्षीय पुरुष रहेका छन ।

Share This
  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares