गुल्मीका मृतक शिक्षकका गाउँले एक जनामा कोरोना पुष्टि

गुल्मीका मृतक शिक्षकका गाउँले एक जनामा कोरोना पुष्टि

बुटवल । गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ मा थप एक जनामा कोरोना पुष्टि भएको छ । शनिबार आएको पिसिआर रिपोर्टमा ३१ बर्षीय बैंकका कर्मचारीमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । बाँकी ४ जनाको भने रिपोर्ट नेगेटिभ आएको छ ।
मदानेका ४१ बर्षीया शिक्षकमा जेठ ५ गते कोरोना पुष्टि भएपछि अर्को दिन स्वास्थ्य कार्यालय गुल्मीको समुहले उनीसँग प्रत्यक्ष सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन गरेको थियो । जसमध्ये शुक्रबार २५ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । तर शनिबार रिपोर्ट आएका पाँच जनामध्ये एक जनामा कोरोना पुष्टि भएको हो । उहाँलाई तत्कालको लागि मदाने गाउँपालिकाकै आइसुलेशन कक्षमा राख्ने तयारी भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश भण्डारीले जानकारी दिए ।

Share This
  • 48
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    48
    Shares