कपिलवस्तुका ३ जनासहित थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५९१ पुग्यो

404

कपिलवस्तुका ३ जनासहित थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५९१ पुग्यो


बुटवल । प्रदेश नम्बर ५ मा शनिबार साँझ कपिलवस्तुका ३ जना सहित थप ७ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा प्रदेश नं. ५ मा ७ जना संक्रमित थपिएका हुन् ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले शनिबार साँझ थपिएका संक्रमितमा कपिलवस्तुमा ३, रुपन्देहीको गैडहवामा ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
योसँगै नेपालमा संक्रमितको संख्या ५ सय ९१ पुगेको छ । आज बिहान ३२ जना संक्रमित थपिएका थिए भने दिउँसो ३६ जना संक्रमित थपिएका थिए ।