दयाराम डुम्रे /वालिङ्ग । जिल्ला प्रशासन कार्यालय स्याङजाले एक विज्ञप्ती मार्फत स्याङजा जिल्लालाई निषेधाज्ञा घोषणा गरेको छ । विश्वभर महामारीको रुपमा फैलिइरहेको नोवेल कोरोना भाइरसले नेपाल लगाएत स्याङजा जिल्ला पनि उच्च जोखिममा रहेको भन्दै अर्काे आदेश नहुदा सम्मको लागि निषेधाज्ञा घोषणा गरेको हो ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङद्वारा हस्ताक्षरित विज्ञप्तीमा संक्रमण फैलन नदिनका लागि औषधी उपचार, खाद्य बस्तु जस्ता अत्यावश्यक काममा बाहेक कुनै व्यक्ति घरबाट बाहिर ननिस्कन अनुरोध गरिएको छ । अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधान बाहेक अरु सवारी साधन प्रयोग नर्गन विज्ञप्तीमा उल्लेख गरिएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम जिल्ला भरी निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा समिति, स्याङजाको बैठकको निर्णय उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारबाही गरिर्ने विज्ञप्ती मार्फत जानकारी दिईएको छ ।