बुटवल । स्याङ्जा वालिङका भारतबाट आएका दुई जना युवकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । ६ दिनअघि नयाँदिल्लीबाट आएका उनीहरूको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । संक्रमित दुबै जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा लगिएको छ । स्याङ्जामा यसअघि संक्रमण भेटिएको थिएन । संक्रमित देखिएका दुबै युवकलाई भारतबाट आउनुबित्तिकै सिधै क्वारेन्टिनमा राखिएको वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाँणले जानकारी दिए । योसँगै नेपालमा संक्रमितको संख्या ७ सय ३० पुगेको छ । आजै बिहान सुर्खेतमा १२, बारामा ५ र रौतहटमा २२ जना संक्रमित थपिएका हुन् ।
रौतहटमा गौर नपाका ७ जना, राजदेवीका १ जना, देवाहिगोनाहीका ३ र ११ जनामा कोरोना पुष्टि भएको छ ।