बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोभिड १९ संक्रमित राख्ने क्वारेन्टाईनको क्षमतामा प्रदेश ५ अब्बल रहेको बताउनु भएको छ । आज ( मंगलवार) प्रदेश ५ को प्रदेश सभामा वोल्दै मुख्य मन्त्री पोखरेलले नेपालका क्वारेन्टाईनमा रहेका मध्ये प्रदेश ५ ले एक्लै ५० प्रतिशत संख्या वारेन्टाईनामा राखेको बताउदै सिगो नेपालमा रहेको क्वारेन्टाईनको क्षमतामा प्रदेश ५ अब्वल रहेको दावि गर्नु भयो । प्रदेश ५ मा भारतवाट आएका र तिनको व्यवस्थापनमा लागेकाहरुलाई कोरोना संक्रमित देखिएको बताउदै उहाँले भारतवाट आउनेहरु कै कारण प्रदेशमा कोरोना संक्रमित बढेको बताउनु भयो ।
प्रदेशमा कोरोना संक्रमित देखिएकाहरुमा कोरोनाको लक्षण नदेखिने तर स्वाब परिक्षण पोजेटिभ आउने गरेकाले पनि चुनौति थपिएको उहाँले बताउनु भयो । उहाँले यो वर्ष वजेटमा नयाँ कार्यक्रम ल्याउने भन्दा पनि वर्तमान असहज परिस्थितीलाई कसरी समाधान गर्ने भन्ने विषयमा केन्दित रहने जानकारी गराउनु भयो । उहाँले प्रदेशमा कोभिड १९ को परिक्षणको दायरा बढाउने र संक्रमितलाई विशेष आईसोलेशन अस्पतालमा व्यवस्थित रुपमा उपचार गर्ने गरि कार्य भैरहेको जानकारी गराउनु भयो ।
जेठ १० गते प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले आर्थिक वर्ष २०७७/ ०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएकोमा प्रदेश सभाले धन्यवाद प्रस्ताव पारित गरेको थियो ।उद्योग मन्त्री लिला गिरीले वजार नियमन तथा प्रतिस्पर्धा प्रवर्धन व्यवस्था गर्न बनेको विधेयक सभामा प्रस्तुत गर्नु भएको थियो ।विधेयक माथि छलफल गदै प्रदेश सदस्य सन्तोष पाडेले अर्थ विधेयक भनिए पनि यसलाई नियमित वजेटवाट व्यवस्थागर्न माग गर्नु भयो ।
प्रदेश सभा सदस्य रमा अर्यालले विधेयक समसामयिक र महत्वपुर्ण रहेको तर ढिला आएको तथा कार्यान्वयनलाई प्रभावकारी बनाउन माग गर्नु भयो ।अर्का प्रदेश सभा सदस्य तुलाराम घर्तिमगरले विधेयक राम्रो रहेको धारणा राख्नु भएको थियो ।
सभामा अर्थ उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले स्थानिय तहका पदाधीकारी तथा सदस्यहरुले पाउने पारिश्रमिक सम्बन्धी तथा लोक सेवा आयोगका पदाधीकारीकोे पारिश्रमिक सम्बन्धी प्रतिवेदन सभामा प्रस्तुत गर्नु भएको थियो । अर्को बैठक बुधवार ११ वजे वस्ने भएको छ ।