बुटवल । कपिलवस्तु जिल्लाको भारतीय सिमावर्ती यशोधरा गाउँपालिकामा एकै दिन थप २४ जना संक्रमित थपिएका हुन् । राप्ती विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा उनीहरुलाई कोरोना देखिएको हो । पुष्टि भएकाहरु यशोधरा गाउँपालिका वडा न. १ का २४, ३६, ३०, ३०, ३०, ३०, ३०, ५५, ४०, ३४, ३४, २० वर्षका पुरुष १२ जना र वडा न २ का ४४, ३५, २३, २२ वर्षका ४ जना पुरुष र बर्ष २ को १ जना वालिका र वडा न ८ का ३४, ३०, ३१, ४०, ३५, १९, २५ वर्षका पुरुष ७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।
सोमबार साँझमात्र लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा मायादेवी गाउँपालिका वडा नम्बर ७ का ५० बर्षीय पुरुष १ जना र कपिलवस्तु नगरपालिकाका वडा न. १२ का २२ बर्षीय पुरुष १ जना गरी दुई जना कोरोना संक्रमित भेटिएका थिए । त्यो पनि मंगलबार मन्त्रालयले अध्यावधिक गरेको हो । मंगलबार र सोमबार साँझ गरी २६ जना संक्रमित थपिएसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ ।