रगतको अभाव पूर्तिकालागि एस्कोनद्वारा आकस्मिक रक्तदान

1.3K

रगतको अभाव पूर्तिकालागि एस्कोनद्वारा आकस्मिक रक्तदान


बुटवल । एक्टिभ सोशियल सर्कल अफ नेपाल (एस्कोन) रुपन्देहीले बुधबार बुटवलमा आकस्मिक रक्तदान गरेको छ । सामाजिक काममा कृयाशिल एस्कोनले रगतको अभाव देखिएकोले आकस्मिक रुपमा रक्तदान गरेको हो ।
कोरोना भाईरस (कोभिड(१९) को संक्रमण फैलिन नदिनकालागि सरकारले लकडाउन घोषणा गरेयता प्रयाप्त मात्रामा रक्तदान हुन नसक्दा अभाव सिर्जना भएको हो । सरकारले गत चैत ११ गतेदेखि मुलुकमा लकडाउन गरेको थियो ।
अभाव पूर्तिकालागि रक्तसञ्चार सेवा केन्द्र बुटवलमा गरिएको कार्यक्रममा एस्कोनका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरु समेतले रक्तदान गरेका थिए । संस्थाका अध्यक्ष खेम जिसीको अध्यक्षतामा भएको कार्यक्रममा २१ जनाले रक्तदान गरेको संस्थाका सचिव ध्रुव पाण्डेले जानकारी दिनुभयो ।