सपनाको मेरो गाउँ

2.4K

सपनाको मेरो गाउँ

रमेश अर्याल । सुरुप्प…! “क्या मीठो चिया” ठुलाचौरे राइलोबुवाले एक चुस्कि चिया के लिनुभएको थियो मीठो मुस्कानका साथ प्रसंसा गर्नु भयो। यहाँ चियाको भन्दा ज्यादा प्रसंसा उपल्लाघरे मित्र अंकलको थियो। यस्तो समयमा पनि प्रसस्त दूध जो थियो। १०-११ बर्ष बिदेसमा बिताएका उनी ०६२-०६३ को जनआन्दोलन पछि गाउमा नै बसेर कृषि पेसा अपनाएका हुन ।

उंखु खेतिबाट व्यावसायिक कृषितर्फ उन्मुख भएका उनी आजकल गाई-भैंसी पाल्नमा ब्यस्त छन। बैसाख जेस्ठको खडेरिमा समेत दनिक १२-१५लिटर दूध बेच्न सफल भएका छन। दूध मात्र होइन बारिमा प्याज, लसुन खेती उतिकै छ। यो सिजनमा मात्र ६ क्विन्टल प्याज हुने उनको दाबी छ। उनी थप्छन “बुवा-बाजेका पालामा एकोहोरो काम हुन्थ्यो, सिजन अनुसार अथवा माटोमा के फल्छ त्यो हेरिदैनथ्यो सिर्फ पहिला आएको चलन जे छ त्यै विधि अपनाउने गरिन्थ्यो।” हुन पनि त्यै जमिनमा कृषि गर्दा उत्पादन भएको मैले सुरुबाट नै देखेको थिए ।

अहिलेको तुलनामा नगन्य उत्पादन हुन्थ्यो। अहिले माहोल नै फरक छ। “अहिले अलि पानीको समस्या छ अब छिट्टै ‘धरमपानी लिफ्टटिङ खानेपानी आयोजना’ मार्फत पानी आउदै छ अनि व्यावसायिक तरकारी खेती अझ बिस्तार गर्ने लक्ष्य छ। बजारको समस्या खासै छैन” उनी थप्छन “अहिलेका कृषि मन्त्रीले अब किसानको आफ्नै बजार हुन्छ भनेका छन सायद अब अझ राम्रो हुन्छ्होला”। दूध जन्य उत्पादन मार्फत मात्र बार्सिक ३-४ लाख बचाउन सफल भएको उनी बताउछन।

यो सामान्य हो अझ पानीको राम्रो प्रबन्ध भए महिनाको ५० हजार सम्म यहि जमिनमा कमाइ गर्न सकिने बताउदै हाते ट्याक्टर गुडाउदै पुच्छारे दाइलाइ जोत्न सिकाउन बारितिर लागे। खेतबारी जोत्न ट्याक्टर प्रयोग गर्न थालिएछ, अझ दलानमा प्रस्ट देखिन्थ्यो, मकै गहुँ पिस्न, धान कुट्न मिनि मिल टिर्लिक्क टल्किरहेको थियो। म भने मनमनै खुसी भएको थिए। कृषक समुहको नियमित बैठकमा गाउका सबै जसो आउने हुनाले सबै सङ भेटघाट तथा गाउको बारेमा केही थप जानकारी पाउथे । “घाँस स्याउला नजिक छ त्यसैले म बाख्रा पालनमा लागेको छु”।”घरमा सुरुदेखि नै बाख्रा भएको र त्यसैलाइ वृद्धि गरिराखेको छु, अब बयर जातको बाख्रा पाल्ने योजना बनाउदै छु।” सान्त स्वभाव, जे पनि खाने, तौल धेरै एवं छिटो बड्ने भएकोले उक्त जात प्रती आफू आकर्षित भएको लालशर्मा अंकलले बताउनुभयो।

यो बर्श भित्र ३० वटा माउ बनाउने लक्ष रहेछ। “केही विशेष सल्लाह तथा काम नभए नियमित बैठकमा धेरै समय अल्झिन हुदैन है..! ” कृषि समुहका अर्का सदस्य ऋषिराम आउन साथ सबैसङ प्रस्ट बताए। शिक्षण पेसामा आबद्ध भएतापनी बिहान बेलुकाको समयमा माहुरी हेर्ने गरेको कुरा मलाइ जानकारी थियो नै। स्थानिय एवं अन्य गाउपालिकामा समेत माहुरिको घार बिक्री गर्ने गरेको कुरा समुहमा पनि गांइगुइ हुन थाल्यो ।

आफ्नै गाउका मानिसहरु आधुनिक व्यावसायिक कृषि तर्फ जोडिएको देख्दा आत्मसन्तुष्टिको अनुभव गर्दै थिए। एक मनले खिन्न पनि,आफुले यहाँ केही गर्न नसकेर अन्यत्र जानुपरेको अबस्था सम्झेर। म मात्र होइन हाम्रो वाडमा मात्र १७०० भन्दा ज्यादा मनिसहरु गाउँ छाडेका छन। ती सबै फर्किए पनी गाउमा बाझिदै गएको जमिनमा सबैलाई कृषि गर्न पुग्ने अथाह जमिन रहेछ। ३ कक्षामा पढ्ने काइलोबाकि नातिनी कति बाठी भैछ। उत्पादन एवं म्याद सकिने मिति हेरेर खाने बानी परेछ।

” हजुरबा दिज इश एक्स्पाएर” तोत्ले बोलिमा ७-८ बर्सको बालिकाले आफ्नो बाजे सङ केही खानेकुराको प्याकेट देखाउदै कुरा गर्दै थिइ। शिक्षा क्षेत्रमा समेत धेरै ठूलो फड्को मेरो गाउले मारेको रहेछ। पहिला अंग्रेज़ी बिसय बाहेक सबै नेपालिमा अध्यापन हुने स्कुलमा अहिले ६ कक्षा सम्म अनिवार्य रुपमा अङ्रेजी माध्यम मार्फत पढाइ हुने रहेछ। बिस्तारै अगाडि बडाउने जनकारी पाए । “भोलि आइतबार हो है फेरि मन्दिर जाउलानी हामी सुत्केरामा परेका छौ”,। ” मलाइ नातिनी जन्मिइ हिजो”। चौरे साइलोबा बोल्नु भयो। “अहिले त अन्त लान पर्दैन ल्याब पनि छ सुत्केरी गराउन सक्ने डाक्टर नर्स पनि यहि छन धेरै सजिलो छ”।

बारिको कुनाबाट मित्र अंकल ठूलो आवाजले बोल्दै हुनुहुन्थ्यो। यतिकैमा मलाइ पारि गाउका छवि अर्याल दाइको याद आयो। नाम जस्तै कृषिमा क्रान्ति नै गरेर राम्रो छवि पहिले देखिनै बनाएका थिए। उमेर एवं नाताले दाइ। उनको प्रसंसा धेरैले पहिले देखि नै गर्थे। युबा कृषक, पुर्ण रुपमा कृषि पेसामा आबद्ध। तरकारी खेतिबाट व्यावसायिक कृषक बनेका उनी हाल बाख्राको साथै केही गाई समेत पालेका छन। सम्पुर्ण परिवार कृषिमा नै सक्रिय छ।

आम्दानी संतोषजनक छ भन्थे। समुहमा उनलाइ नदेख्दा आफैले फोन गरे। शर्मा काकाको उखु पेल्न ब्यस्त भएको कारण आजको भेलामा उपस्तिथि हुन नसक्ने जानकारी गराए। उखु खेती अहिले पुरै गाउमा छाएको रहेछ। केही निर्णय गरेर भेला सकियो। अरु सङै म पनि फर्किए । गाउमा साखारहित बैंक चलाएका पदम अर्याल मार्फत गाउको आर्थिक अबस्थामा सुदृढीकरण आएको कुरा सुन्दा छुट्टै आनन्द आयो।

आम्दानी भएको पैसा घरमा नभै बैंकमा राख्दा सुरक्षीत हुने कुरालाइ आत्मसात गर्दै कृषकहरु बैँकिङ प्रणाली अपनाएका रहेछ्न। आफुलाइ घरायसी प्रयोगको निम्ति केही रकम साथमा राखी बाकी बैंकमा राख्ने बानी सबैको परेछ। टिरिङ…टिरिङ मोबाइलको घन्टी बज्यो। कानमा नै जेलिएको एयरफोनको सहयोगले उठाए। “दाइ…यो लकडाउनमा पनि कति सुतेको र दिउँसोमा पनि…?” “आउनु न पब्जिमा एक गेम हानौ” सुजनले ( साथि) कल गरेको रहेछन। मैले ओके भनिदिए अनि पो बल्ल पुरै ब्युझिए, लामो श्वास फेरेर सम्झिए “सपनाको मेरो गाउँ”।