दयाराम डुम्रे ,बायटारी । स्याङजा जिल्लामा आज थप ३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । वालिङ नगरपालिकाका भित्र बसोवास गर्ने र वालिङ नगरपालिकाको क्वारेन्टीनमा रहेका २२ वर्ष र २६ वर्षका २ जना पुरुष र ३९ बर्षीय १ जना महिलामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.बिनोद विन्दु शर्माले जानकारी दिनु भयो ।
संक्रमित ३ जनालाई सदरमुकामको जिल्ला अस्पतालमा ल्याउने तयारी गरिएको जानकारी दिनु भयो । उनिहरु केहि दिन अगाडी भारतबाट आएर वालिङको क्वारेन्टीनमा बसेका थिए । यस अघि पनि २ जनामा कोरोना पुष्टि भएको थियो । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ । वालिङ नगरपालिका भित्र ५ जनामा कोरोना पुष्टि भएसंगै यस क्षेत्रमा मानिसमा संत्रास फैलिएको छ ।
