नेपालमा कोरोना अपडेट : संक्रमित १ हजार ४२ पुगे, मृतक ५ जना

1.3K

नेपालमा कोरोना अपडेट : संक्रमित १ हजार ४२ पुगे, मृतक ५ जना


बुटवल । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नेपालमा आज (बिहीवार) थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैपटक थपिए १५६ कोरोना संक्रमित
नेपालमा आज (बिहीवार) थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा विभिन्न अस्पतालमा गरिएको स्वाब परीक्षणमा आज १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । कुल संक्रमितमध्ये ९४० जना पुरुष र १०२ जना महिला रहेका छन् ।

बिहीबार एकैदिन थप १ सय ५६ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ । आज (बिहीबार) सम्म कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।