बुटवल । प्रदेश १ का ८ वटा जिल्लाका १२९ जनामा संक्रमण देखिएको छ । प्रदेश २ का सबै ८ जिल्लामा कोरोना संक्रमण देखिएको छ । त्यहाँ ४ सय १५ जना कोरोना संक्रमित छन् । वाग्मती प्रदेशमा १२ जिल्लामा संक्रमण देखिएको छ ४४ जना संक्रमित छन् ।
गण्डकी प्रदेशका ४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ भने १७ जना संक्रमित छन् । प्रदेश ५ का ९ जिल्लामा संक्रमण फैलिएको छ भने ३६९ जना संक्रमित भएका छन् । कर्णाली प्रदेशका ३ जिल्लामा संक्रमण देखिएको छ भने ४७ जना संक्रमित भेटिएका छन् । र सुदूरपश्चिम प्रदेशको ७ वटा जिल्लामा संक्रमण फैलिएको छ । बझाङ र दार्चुलामा आज नयाँ कोरोना संक्रमित देखिएका हुन् । यसरी २१ जनामा कोरोना संक्रमण फैलिएको छ ।