बढेन तलब भत्ता , महँगी भत्ता, पोसाक सुविधा र जीवन बीमालाई भने यथावत

1.2K

बढेन तलब भत्ता , महँगी भत्ता, पोसाक सुविधा र जीवन बीमालाई भने यथावत


बुटवल । सरकारले आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीको तलब भत्ता बढाएको छैन । भत्ता वा तलबका नाममा प्रत्येक वर्ष सरकारी सेवाको सुविधा वृद्धि गरिने गरे पनि यस वर्ष भने तलब र भत्ता दुवै नबढाइएको हो । वर्तमान सरकारको पहिलो बजेटमा महँगी तथा पोसाक भत्ता वृद्धि गरेको थियो । त्यस्तै, दोस्रो बजेटमा तलब नै वृद्धि गरिएको थियो ।
चालू वर्षको बजेटमा सरकारले अधिकृतमाथिको १८ र अधिकृतमुनिको २० प्रतिशतले तलब बढाएको थियो । कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, प्राध्यापकको तलब वृद्धि भएको थियो । सरकारले ३ वर्षपछि कर्मचारीको तलब वृद्धि गरेको हो ।

यसअघि सरकारले २०७३ सालमा कर्मचारीको तलब बढाएको थियो । सरकारले महँगी भत्ता, पोसाक सुविधा र जीवन बीमालाई भने यथावत् राखेको छ ।