कपिलबस्तुमा थप २४ जनामा कोरोना पुष्टि, रुपन्देहीको सैनामैनामा पनि देखियो कोरोना

480

कपिलबस्तुमा थप २४ जनामा कोरोना पुष्टि, रुपन्देहीको सैनामैनामा पनि देखियो कोरोना


बुटवल । कपिलबस्तुमा थप २४ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कपिलबस्तुमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १ सय ३२ पुगेको छ ।

कपिलबस्तु नगरपालिका वडा नं. ७ मा १ जना, वडा नं. ८ का १२ जना र विजयनगर गाँउपालिका वाड न. ३ का २ जना, वाड न ५ का १ जना, वाड न ७ का ६ जना रहेका छन् ।

त्यस्तै महाराजगंज नगरपालिका वडा नं. म ७ का पुरुष १ रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुका फोकन पर्सन कुमार थापाले बताए । । अन्य उहाँहरुको स्वास्थ अवस्था सामान्य रहेको र स्वास्थकर्मिको सम्पर्कमा हुनुहुन्छ ।

रुपन्देहीको सैनामैना नगरपालिका २७ वर्षीय एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ । रोजगारीका लागि १६ जना भारतबाट आएका व्यक्तिहरु हुन् । हाल सबै क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले पुष्टि गर्नुभएको छ ।