मेयर घिमिरेको पहलमा तिलोत्तमामा २ जनाको कोरोना परीक्षण : रिर्पोट नेगेटिभ

456

मेयर घिमिरेको पहलमा तिलोत्तमामा २ जनाको कोरोना परीक्षण : रिर्पोट नेगेटिभ

भरत प्रधान ,बुटवल। कोरोनाको आशंकामा होम क्वारेन्टाईनमा रहेका तिलोत्तमा नगरपालिकाका दुई जनाको ¥यापिड डायगनोष्टिक (आरडिटी) परीक्षण गरिएको छ । कोराना संक्रमणका कारण ज्यान गुमाएका गुल्मीका शिक्षकसंगै क्रिमसन अस्पतालको आईसियु कक्षमा उपचार गरिएकी तिलोत्तमा–१० की एक युवती र तिलोत्तमा–३ की एक महिलाको बिहीबार आरडिटी परीक्षण गरिएको हो । तिलोत्तमा नगरपालिकाका मेयर बासुदेब घिमिरेको पहलमा उनीहरुको आरडिटी परीक्षण गरिएको हो । ती दुबै जनाको आरडिटी रिर्पोट नेगेटिभ आएको छ ।

सेमरा बजार हेल्थ पोष्टका ईन्चार्ज कमल पाण्डेयको नेतृत्वमा आएको स्वास्थ्यकर्मीको टोलीले उनीहरुको आरडिटी परीक्षण गरेको हो । ती युवती र महिलाको घरमै पूगेर आरडिटी परीक्षण गरिएको पाण्डेयले जानकारी दिए ।

परीक्षण गरिएका दुबैजनाको रिर्पोट नेगेटिभ आएको उनले बताए । शंकैशंकाले मानसिक तनाब भईरहेका बेला परीक्षण हुदां निकै खुशी र आनन्द लागेको ती युवतीकी आमाले बताईन् । “यत्रो दिन डर, त्रास र तनाबमा बितेको थियो ।,‘परीक्षण पनि भयो, रिर्पोट पनि नेगेटिभ आयो’– उनले खुशी ब्यक्त गर्दै भनिन् । ‘यति भएपछि घरपरिवार पनि ढुक्क भयौं, टोलबासी पनि ढुक्क ।” कोरनाबाट मृत्यू भएकासंगै क्रिमसन अस्पतालको आईसियु कक्षमा उपचार गरिएकी युवतीको परीक्षणमा बेवास्ता गरिएको भन्दै लुम्बिनी अनलाईन डटकम लगायतका सञ्चार माध्यमले केही दिन अघि प्राथमिकताका साथ समाचार प्रकाशन गरेको थियो ।