कपिलवस्तुमा एकै पटक ५२ जनामा कोरोना पुष्टि, कुन स्थानिय तहमा कति जना थपिए ?

378

कपिलवस्तुमा एकै पटक ५२ जनामा कोरोना पुष्टि, कुन स्थानिय तहमा कति जना थपिए ?

बुटवल । कपिलवस्तुमा एकै साथ ५२ जना कोरोना संक्रमित थपिएक छन् । स्वास्थ्य मन्त्रालयले केन्द्रीय प्रयोगशाला तथा प्रदेश ५ स्थित विभिन्न प्रयोगशालाको नतिजा सर्वजनिक भर्खरै सार्वजनिक गरेको हो । कपिलवस्तुमा कोभिड १९ थप ५२ जना पोजेटिभ पुष्टि भएकाहरु बुद्धभुमि नगरपालिकाका २ जना, कृष्णनगर नगरपालिकाका ११ जना , यशोधरा गाउँपालिकाका ३६ जना र विजयनगर गाउँपालिका ३ जना गरी कुल ५२ जना रहेको स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ ।

बुद्धभुमि नगरपालिकाका वडा न. ४ का ३६ वर्षीय पुरुष १ जना र वडा न ८ का २४ वर्षीय पुरुष १ जना गरी दुई जना रहेका छन् । यसैगरी कृष्णनगर नगरपालिका वडा न. १ का २६ ,२७, २७, २७, ३०, ४८ वर्षका पुरुष ६ जना, वडा न २ का बर्ष १८,२३, ४२ का पुरुष ३ जना र वडा न ४ का बर्ष २३ का पुरुष १ जना गरि ११ जना रहेका छन् ।

यशोधरा गाउँपालिका वडा न ३ का बर्ष ३७ देखि ५२ सम्मका ४ जना, वडा न ४ का बर्ष ४५ का पुरुष १ जना, वडा न ५ का बर्ष ७ का बालक १ जना , वडा न ६ का बर्ष ६ देखि ५० सम्मका २३ पुरुष र वाड न ७ का १५ देखि ५० बर्ष सम्मका ७ जना पुरुष गरी ३६ जना रहेका छन् । साथै विजयनगर गाउँपालिका वाड न ७ का बर्ष १६ देखि २८ सम्मका ३ जना पुरुष रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यो सङै कपिलवस्तुमा संक्रमितको संख्या १८८ पुगेको छ ।