नेपालमा आज थप १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि, २०६ जनाले जिते कोरोना, १२ सय १२ जना पुगे संक्रमित

408

नेपालमा आज थप १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि, २०६ जनाले जिते कोरोना, १२ सय १२ जना पुगे संक्रमित

बुटवलं । नेपालमा हालसम्म २०६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । उपचारपछि घर फर्किएका मध्ये १ सय ६२ जना पुरुष र ४४ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज मात्र १९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । शुक्रवार घर फर्किनेमा टेकु अस्पताल(काठमाडौं) बाट २ जना, पाटन अस्पतालबाट ७ जना, युनिफाइड अस्पताल बलम्बु(काठमाडौं)बाट ३ जना र दाङको कोरोना विशेष अस्पतालबाट ८ जना उपचारपछि निको भएर घर फर्किएका हुन् ।

त्यस्तै नेपालमा आज मात्र १ सय ७० जनामा कोरोना संक्रमण देखिएको छ । त्यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ । भने ६ जनाको कोरोनाको कारण ज्यान गएको छ

संक्रमित हरु कोसी अस्पतालको प्रयोगशालमा २७ जनामा पोजेटिभ देखिएको छ । सबै झापाका रहेका छन् । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरी राजविराजका ४ जना र झापाको भद्रपुरका १ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, नारायण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएका बाराका ४ जना, पर्सा पोखरियका ४ जना र जिराभवानीका १ जना रहेका छन् ।

त्यसैगरी, पाटन अस्पतालमा १ जनालाई पोजेटिभ देखिएको छ । उनी पाटन अस्पतालमै रहेका छन् । गण्डकी अस्पतालमा गरिएको परीक्षणमा १ जनालाई पोजेटिभ देखिएको छ । उनी म्याग्दीका हुन् ।भेरीमा गरिएको परीक्षणमा १० जनालाई पोजेटिभ देखिएको छ। उनीहरू बाँके डुडुवाका हुन् । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ६ जनालाई पोजेटिभ देखिएको छ । जसमध्ये कपिलवस्तुका ४ जना र नवलपरसीका २ जना रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू कपिलवस्तुका २३ जना, रौतहटका ५६ जना, सर्लाहीका ४ जना रहेका छन् । रुपन्देहीको प्रदेशिक प्रयोगशलाका १६ जनाको पोजेटिभ आएको छ । उनीहरू कपिलवस्तुका १५ जना र रुपन्देहीका १ जना रहेका छन् ।

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनाको पोजेटिभ आएको छ । उनीहरूमध्ये दाङका २ जना रहेका छन् भने कपिलवस्तका ९ जना रहेका छन् ।्

हालसम्म पीसीआर विधिबाटबाट ६४ हजार १ सय ५४ नमुना परीक्षण भएका छन् । त्यसैगरी, आरडीटी विधिबाट १ लाख ५ हजार ४ सय ७८ जनाको परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घण्टाको अवधिमा ३ हजार २ सय ३८ पीसीआर विधिबाट र ३ हजार ४ सय ४४ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ ।