कर्णालीमा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६० पुग्यो

1.3K

कर्णालीमा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६० पुग्यो

बुटवल । कर्णालीमा प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पीसीआर परिक्षणका क्रममा थप १४ जनाको रिपोर्ट पोजिटिभ देखिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए ।

उनकाअनुसार कोरोना पुष्टि हुनेमा १७ देखि ५० बर्ष उमेर समूहका व्यक्ति हरेका छन् । उनीहरू सबै दैलेखका हुुुन् ।

पोजिटिभ देखिएका उनीहरू सबै केही दिनअघि भारतबाट आएका हुन् । सुर्खेतबाट पठाइएको १ हजार ४० जनाको स्वाब परीक्षणको प्रारम्भिक परिक्षणमा नै १४ जनामा पोजिटिभ देखिएको थियो ।

थप १४ सँगै कर्णालीमा संक्रमितको संख्या ६० पुगेको छ । यसअघि ४६ जनामा संक्रमण पुष्टि भएकोे   थियो । नयाँ संक्रमित दैलेख नारायण नगरपालिका २, ३, ४, ६, ८, ९ र १० वडाका स्थानीय रहेका अस्पतालले जनाएको छ ।

दैलेख नारायण नगरपालिकामा यसअघि विभिन्न चरणमा गरि १६ जनामा संक्रमण देखिएको थियो । शुक्रबार १४ जना थपिएसँगै दैलेखमा संक्रमितको संख्या ३० पुगेको छ ।