आज एकैपटक थपिए २२६ कोरोना संक्रमित, नेपालमा कुल संख्या १,७९८ पुग्यो

362

आज एकैपटक थपिए २२६ कोरोना संक्रमित, नेपालमा कुल संख्या १,७९८ पुग्यो

बुटवल । नेपालमा आज (सोमवार) एकैपटक २२६ जनालाई संक्रमण भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १,७९८ पुगेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज एकैदिन २२६ जनाका कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमितको स्वास्थ्यअवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।नेपालमा अहिलेसम २२१ जनाले कोरोना भाइरसविरुद्धको लडाई जितेर घर फर्किएका छन् भने ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

आज मात्रै नेपालमा थप १ जना स्वस्थ्योपचार पछि निको भएका छन् । त्यस्तै नेपालमा क्वारेन्टाइनमा रहनेको कुल संख्या १ लाख ३३ हजार ९७५ जना रहेका छन् । त्यस्तै नेपालका विभिन्न अस्पतालको आईसोलेसनमा रहेर उपचार गराईरहेकाको संख्या १ हजार ५६९ जना रहेका छन्