रुपन्देही डेरी ब्यवसायीद्वारा स्थापना दिवशको अवसरमा रक्तदान र निशुल्क दुध वितरण

758

रुपन्देही डेरी ब्यवसायीद्वारा स्थापना दिवशको अवसरमा रक्तदान र निशुल्क दुध वितरण


बुटवल । रुपन्देही डेरी ब्यवसायी समितिले २० औं अन्तराष्ट्रिय दुध विश्व दिवस दिवसको अवसर पारेर रक्तदान गर्नुका साथै क्वारेन्टाईनमा रहेका मानिसलाई दुध सेवन गराएको छ ।
नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा केन्द्रकै भवनमा सोमबार रक्तदान गनृका साथै कान्ति मावि बुटवल ६ मा र कोरियन इन्स्टिच्युट तामनगरको क्वारेन्टाईनमा रहेका मानिसलाई १ सय २० लिटर दूध वितरण गरिएको रुपन्देही डेरी ब्यवसायी समितिका अध्यक्ष नेत्र पाठकले जानकारी गराउनु भयो ।

कोरोना भाईरस (कोभिड(१९) को संक्रमण फैलिन नदिनकालागि सरकारले लकडाउन घोषणा गरेयता प्रयाप्त मात्रामा रक्तदान हुन नसक्दा अभाव सिर्जना भएको हो । सरकारले गत चैत ११ गतेदेखि मुलुकमा लकडाउन गरेको थियो ।अभाव पूर्तिकालागि रक्तसञ्चार सेवा केन्द्र बुटवलमा गरिएको कार्यक्रममा डेरी ब्यवसायी समितिका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरु समेतले रक्तदान गरेका थिए ।

नेपालले पनि सन् २०११ देखि हरेक वर्ष विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै आइरहेको छ । यसपटक ‘नियमित दुध सेवन गरौं, रोग प्रतिरोधात्मक क्षमता बढाऔं’ मूल नाराका साथ यो दिवस मनाइरहेको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको राष्ट्रिय दुग्ध विकास बोर्ड, पशु सेवा विभाग र नीजि क्षेत्रका केन्द्रीय दुग्ध सहकारी संघ, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग संघ लगायत संघसंस्थाले आज विभिन्न कार्यक्रम गरी देशैभरि दुध दिवस मनाएका छन् ।