कपिलवस्तुमा थप २८ जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ३९३ पुगे

393

कपिलवस्तुमा थप २८ जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ३९३ पुगे


बुटवल । कपिलवस्तुमा थप २८ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य कार्यालय कपिलवस्तुले मंगलबार राति दिएको जानकारी अनुसार जिल्लाको शुद्धोधन गाउँपालिकाका २८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित १४ बर्षदेखि २८ बर्ष उमेर समूहका रहेका छन । मंगलबार दिउँसो मात्र जिल्लाका तीन स्थानीय तहमा गरी ४८ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको थियो ।

जसमा मायादेवी गाउँपालिकामा देखिएका संक्रमित मध्ये ९ महिलासहित ३२ जना रहेका छन । संक्रमित १० महिने बालकसंगै ८० बर्षका बृद्ध समेत छन । शिवराज नगरपालिकाका पन्ध्र जना संक्रमित नै भारतबाट आएको खुलेको छ ।

यस्तै महाराजगञ्ज नगरपालिकाको वडा नं १० का १२ बर्षीय एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ । यो संगै कपिलवस्तुमा संक्रमितको संख्या ३९३ पुगेको छ ।