कर बझाउन भनी गरिएको सुचना तत्काल फिर्ता लिन वालिङ उद्योग वाणिज्य संघको आग्रह

723

कर बझाउन भनी गरिएको सुचना तत्काल फिर्ता लिन वालिङ उद्योग वाणिज्य संघको आग्रह


दयाराम डुम्रे ,वालिङ । वालिङ उद्योग वाणिज्य संघ स्याङ्जाले यही जेठ २५ भित्र आयकर, मुल्य अभिवृद्धि कर, अन्तशुल्क, लगायत विभिन्न खालका विवरणहरुको साथै रकम तिन गरेको सुचना फिर्ता लिा आग्रह गरेको छ । वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले मंगलवार एक विज्ञप्ति जारी गरि यही जेठ १५ गते सर्वोच्च अदालतले वन्दावन्दीको समयलाई शुन्य समय मान्ने गरि फैसला समेत गरेको परिप्रेक्षमा नेपाल सरकारको निर्णय वमोजिम आएको सुचना अनुसार उद्योगी व्यवसायी वुझाउन सने अवस्थामा नरहेको उल्लेख छ ।

नेपाल सरकार आन्तरिक विभागलाई उक्त सुचना फिर्ता लिन अपिल समेत गरिएको छ । लकडाउनको अवधिसम्म कुनै पनि करका रकम बुझाउन नसकिने वालिङ उद्योग वाणिज्य संघले स्पष्ट पारेकोे छ । विषम परिस्थितिमा सरकारले नीजि क्षेत्रलाई राहत प्याकेज दिनुको साटो यही जेठ २५ भित्र आयकर, मुल्य अभिवृद्धि कर, अन्तशुल्क, लगायत विभिन्न खालका विवरणहरुको साथै रकम तिर्न सूचना जारी गरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रेस विज्ञप्ती जारी गर्दै २०७७ जेठ ३२ गतेसम्म घरमै बस्न निर्देशन दिएको सरकारले जेठ २५ गते भित्र कर रकम दाखिला गर भन्नु उद्योगी व्यवसायीप्रति सरकारको दृष्टिकोण स्पष्ट भएको उल्लेख गर्नु भएको छ् ।