कपिलवस्तुका थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४०२ पुग्यो

393

कपिलवस्तुका थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४०२ पुग्यो


बुटवल । कपिलवस्तुमा बुधबार दिउँसो थप ७ जना कोरोना भाइरस (कोभिड –१९) का संक्रमित थपिएका छन । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार एक जना ३७ बर्षीय महिलासहित अन्य ६ जना पुरुष रहेका छन ।

थपिएका संक्रमित बुद्दभूमि नगरपालिका वडा नं. ५ का रहेका छन । जसमा १४ देखि ३४ बर्षसम्मका ६ पुरुष रहेका छन । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ४०२ पुगेको छ । विहान मात्र जिल्लाको वाणगंगामा २ जना संक्रमित भेटिएका थिए ।