रूपन्देहीमा थपिए २७ जना कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या २३ सय पुग्यो

800

रूपन्देहीमा थपिए २७ जना कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या २३ सय पुग्यो


बुटवल । रुपन्देहीमा थप २७ जना सहित देशभर २ सय १ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जसमध्ये १८९ जना पुरुष र २२ जना महिला रहेका छन् । रुपन्देहीका कोराना संक्रमितहरू मध्ये रोहिणी र मर्चवारका २६ जना रहेका छन भने मायादेवी गाउपालिकाका १ जना रहेका छन् । रुपन्देहीको भैरहवा स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ९५ जना संक्रमित भेटिएका छन् ।

उनिहरूमध्ये रूपन्देहीको रोहिणि र मर्चवारका २६ जना, कपिलवस्तुको मायादेवी र शुद्धोधनका ६७ जना र पाल्पाका २ जना रहेका छन् । जसमा ११ देखि ३७ वर्षीयसम्म रहेका छन् । जसमा १० जना महिला रहेका छन्। १ वर्षीय बालकदेखि ८० वर्षीय सम्मका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङसहितका ८ जनामा पुष्टि भएको छ । दाङका २ जना, प्युठानका १ जना, सल्यानका १ जनामा संक्रमण देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४२ जनमा संक्रमण देखिएको छ । जसमध्ये कपिलवस्तुका २, धनुषाका १ जना,रूपन्देही मायादेवीका १ जना, काठमाडौं मेडिकल कलेज र टोखाका ३ जना रहेका छन् ।

त्यसैगरी नवलपरासीको पहलीनन्दन र बर्दघाटका ८ जना रहेका छन् भने रौतहटका ११ जनामा पनि पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षण धनकुटाको सहिदभूमिका एकजना पुरुषमा संक्रमण देखिएको छ । बीपी प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीको त्रिभुजको एकजनामा पुष्टि भएको छ।

त्यसैगरी ताप्लेजुङका ३ जना पुरुषमा पनि संक्रमण देखिएको छ । झापाका झापाका १ जना, पाँचथरका एकजनामा पनि संक्रमण देखिएको छ । सुनसरीको भोक्राहाका ७ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु सबै क्वारेन्टाइनमा छन् । नारायणी अस्पताल पर्सामा गरिएको परीक्षणमा पर्साकै ७ जना संक्रमित भेटिएका छन् । सुर्खेतमा गरिएको परीक्षणमा ३ जना संक्रमित भेटिएका छन् ।

कोशी अस्पतालमा गरिएको परीक्षणमा ५ जना संक्रमित भेटिएका छन् । उनीहरुमा झापाको कमल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १ जना, तेह्रथुम आठराईका १ जना, सुनसरीको बराहक्षेत्रको क्वारेन्टाइनमा रहेका १ जनामा संक्रमण देखिएको छ । सेती अस्पताल धनगढीमा ५ जा पोजेटिभ भेटिएका छन्। जसमा कैलालीको गौरीगंगा र धनगढीका रहेका छन् । डोटीका पनि दुईजना पुरुषहरु संक्रमित रहेका छन् । उनीहरु २२ र २५ वर्षीय रहेका छन् ।

जनकपुरमा गरिएको परीक्षणमा ९ जनाको पाजेटिभ आएको छ । उनीहरु महोत्तरी मटियानीका रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा दैलेखको दुल्लु र नारायणा नगरपालिकाका ६ रहेका छन् । त्यसैगरी कालिकोटका महाबैका ७ जना रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै गरिएको परिक्षणमा
सर्लाहीको रामविलाश प्रावि र जनता मावि हर्कटवाका १५ जनामा संक्रमित भएका छन् । त्यसैगरी सिन्धुपाल्चेकको इन्द्रावतीका २३ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार बुधबारसम्म पीसीआर विधिबाट ८० हजार २ सय ६७ र आरडिटी विधिबाट १ लाख २० हजार ३ सय ७९ वटा परीक्षण भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ९ सय २४ र आरडिटी विधिबाट ४ हजार ३४ वटा परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए ।

यस्तै प्रदेश नम्बर १ मा १२ हजार ६ सय ४२, प्रदेश नम्बर २ मा ७ हजार ३ सय ३१, बागमती प्रदेशमा २५ हजार ९ सय ३३ र गण्डकी प्रदेशमा ९ हजार १ सय ५१ वटा आरडिटी परीक्षण भएका छन् । त्यसैगरी प्रदेश नम्बर ५ मा २६ हजार ७ सय ४४, कर्णाली प्रदेशमा १४ हजार ८ सय ४५ र सुदूरपश्चिम प्रदेशमा २३ हजार ७ सय ३३ वटा आरडिटी परीक्षण भएका छन् ।

अहिले प्रदेश नम्बर १ मा ३ हजार ८ सय, प्रदेश नम्बर २ मा २२ हजार ७ सय २, बागमती प्रदेशमा ३ हजार २ सय २७ र गण्डकी प्रदेशमा ४ हजार ४ सय ७० जना क्वारेन्टाइनमा रहेका छन् । यसैगरी प्रदेश नम्बर ५ मा ४१ हजार ६ सय ८३, कर्णाली प्रदेशमा ३० हजार १ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ४९ हजार ८ सय २० गरी देशभरी १ लाख ५५ हजार ८ सय ६८ जना क्वारेन्टाइनमा रहेका छन् । अहिलेसम्म प्रदेश नम्बर १ मा ४८, प्रदेश नम्बर २ मा १ सय ९, बागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा ३, प्रदेश नम्बर ५ मा ८० र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी २ सय ७८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

आज थप ३ जिल्ला (तेह्रथुम, पाँचथर र ताप्लेजुङ)मा देखिएसँगै ६४ जिल्लामा कोरोना संक्रमित देखिएको छन् । त्यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ सय पुगेको छ । जसमध्ये २१ सय ३० जना र महिलाहरु १ सय ७० जना रहेका छन् । हालसम्म २ सय ७८ जना उपचारपछि घर फर्किएका छन् । आज मात्रै विभिन्न अस्पतालबाट १२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै हालसम्म ९ जनाको कोरोनाको कारण ज्यान गुमाएका छन् ।