बुटवल । बिश्व वातावरण दिवस अर्थात जुन ५ को अवसरमा नेपाल युवा परिषद रुपन्देही शाखाले एक ब्यक्ति एक बिरुवा अभियान सन्चालन गर्ने भएको छ । नेपाल युवा परिष रुपन्देही शाखाको आयोजना तथा नेपाल युवा परिषद प्रदेश नं.५, युथ क्यान र तुनजा ईको जेनेरेशनको सहयोगमा उक्त कार्यक्रम गर्ने लागिएको रुपन्देही शाखाका अध्यक्ष कुशल डुम्रेले जानकारी दिएका छन् ।
अभियानलाई ब्यापक ढंगले अधि बढाउने अनलाइर्न बैठक बसी निर्णय गरिएको उनले बताएका छन् । अभियान नेपालमा लकडाउनको अवस्थामा सामाजिक दुरी कायम गरि सो अभियान सन्चालन गर्न स्मृति ज्ञवाली, सन्ध्या अधिकारी, समिक्षा पाण्डे र मिना पाण्डे लगायतको टिमले अभियानलाई अगाडि बढाएका छन् ।
फोटो सामाजिक सन्जालमा हालेर अन्य युवाहरुलाई अभिप्रेरित गर्ने उदेश्यले फोटो खिच्ने कार्यक्रम राखिएको डुम्रेले जानकारी दिएका छन् । नेपाल युवा परिषद रुपन्देही शाखाका महासचिव अभिषेक त्रिपाठीले अभियानलाई नेपाल युवा परिषदमा आबद्ध हुनुभएका सम्पुर्ण साथिहरुका साथै अन्य सबै सम्पुर्ण व्यक्तिले बिरुवा रोप्न सकिने बताएका छन् । वातावरण संरक्षण गर्नमा युवाहरुको सहभागिता हुनु पर्नेमा जोड दिदै त्रिपाठीले सवैलाई यस कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छन् ।
नेपाल युवा परिषदले प्रदेश नं. ५का संयोजक सोम गुरुङले बिश्व वातावरण दिवसको अवशरमा सम्पुर्ण युवाहरुलाई आफनो घर, आँगनमा विरुवा लगाई वातारण संरक्षणमा लाग्न आग्रह गरेका छन् । यसैगरी नेपाल युवा परिषदका संस्थापक अध्यक्ष सरोज बानियाले यो अभियानलाई सम्पूर्ण युवा साथीहरुले साथ दिई कार्यक्रम सफल बनाउन आग्रह गरेका छन् ।