नेविसंघ र तरुण दल कपिलवस्तुद्वारा क्वारेन्टाइनमा बसेकालाई सहयोग

नेविसंघ र तरुण दल कपिलवस्तुद्वारा क्वारेन्टाइनमा बसेकालाई सहयोग

कपिलवस्तु । नेविसंघ र तरुण दल कपिलवस्तुले बाणगंगा ३ गौरी भवानी मावि भक्तौलिमा रहेको क्वारेन्टाइनमा बसेकालाई सहयोग गरेको छ । क्वारेन्टाइनमा बसेकालाई नेविसंघ र तरुण दलको टिमले उनिहरु प्रत्येकलाई झुल, बाल्टिन, मग साबुन र मास्क लगायतका सामाग्री हस्तान्तरण गरेको छ भने वडा कार्यालय मार्फत उनिहरुलाई नै चामल, दाल, नुन र तेल लगायतका खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको छ । कोरोना माहामारीले बिश्व समुदाय नै आक्रान्त भएको छ । यो अवस्थामा घर आउन चाहाने हरु क्वारेन्टाइन बस्नु पर्ने नियम रहेको छ । कहि कतै क्वारेन्टाइन ब्यवस्थित बनाइएको छ भने कहि कतै ब्यवस्थापनमा सरकार चुकेको देखिन्छ । क्वारेन्टाइनमा बस्दै गर्दा स्वास्थ्यको ख्याल गरि उनीहरुको खानपान देखि लिएर हरेक पक्षमा ध्यान दिनुपर्ने देखिन्छ ।

कार्यक्रममा बोल्दै नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले समाजमा आफ्नो घर भनेर बाहिरबाट आउने तर तिनिहरुलाइ समाजमा रहेकाले गलत दृर्टिले हेर्ने गरेको यस्तो बेलामा उनिहरु सङ्ग खुसी साटनु पर्छ भन्दै उनिहरुको आत्मबल उच्च बनाउन लागि सहयोग गरेको बताउनुभयो । उनिहरुको पनि बाच्न पाउने अधिकार रहेको र उनिहरुको स्वास्थ्यमा खेलवाड गर्न नहुने र उनिहरुलाई सबैले सहयोग गर्नुपर्ने बताउदै आफुहरु लागि परेको पोख्रेलले बताउनुभयो ।

यस्तै तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरिले जिल्लामा क्वारेन्टाइन ब्यवस्थित बनाउन सबै लाग्नुपर्ने र ब्यवस्थित बनाएर उनिहरुको स्वास्थ्यमा खेलवाड गर्न नहुने भन्दै उनिहरुको स्वास्थ परिक्षण तत्काल गराउनुपर्ने र उनिहरुको मनोबल उच्च राख्नुपर्ने त्यसैका लागि आफुहरु लागि परेको बताउनु भयो । सरकार कतै चुकेको त हैन भन्दै सबै आफ्नो आफ्नो ठाउबाट लागेमा उनिहरुको ब्यवस्थापनमा सहज हुने ठकुरीले बताउनु भयो ।

तरुण दलका वाणगंगा नगर सचिव प्रबिन पौडेलले सबैले अपहेलनाको दृष्टिले घृणाको रुपमा हेर्ने गरेको पाइन्छ ,यस्तो बेलामा उनिहरु बसेको क्वारेन्टाइनमा पुगि उनिहरुको आत्मबल बढाउन हौसला प्रदान गर्नका लागि सहयोग गरेको बताउनु भयो ।

वडा कार्यालय मार्फत त्यस क्वारेन्टाइनलाई आवश्यक खाद्यान्न सामाग्री दाल, चामल, नुन र तेल उनिहरुको खाना ब्यवस्थापनका लागि तरुण दल र नेविसंघका नेता मार्फत वडा अध्यक्षलाई हस्तान्तरण गरिएको थियो । उक्त सामाग्री सहयोगका लागि तरुण दलका नेता प्रबिन पौडेल र कृष्ण पराजुलीले ब्यवस्थापन गरेका थिए । सामाग्री ग्रहण गरेपछि वडा अध्यक्ष सन्तराम रौतारले यो बेलामा कोहि कसैले क्वारेन्टाइन ब्यवस्थापन गर्न नसकिरहदा आफ्नो वडाको क्वारेन्टाइन ब्यवस्थापनमा सहयोग गरिएकोमा धन्यवाद ब्यक्त गर्नृभएको थियो ।

कार्यक्रममा तरुण दल क्षेत्रीय सभापति तिलक थापा, नेपाली कांग्रेसका नेता बिष्णु प्रसाद न्यौपाने, इन्द्रमणी पौडेल, वडा नं.३ का वडा अध्यक्ष सन्तराम रौतार, नगरकार्यपालिका सदस्य योगनाथ सुनार, तरुण दलका दिपक घिमिरे, प्रबिन पौडेल, नेपाली कांग्रेस वडा सभापति खिमानन्द पाण्डे, नेता राजन पाण्डे, कृष्णदेव पोख्रेल लगायत को उपस्थितिमा सामाग्री हस्तान्तरण गरिएको थियो ।

Share This
  • 102
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    102
    Shares