नेपालमा कोरोनाको कारण थप १ जनाको मृत्यु

562

नेपालमा कोरोनाको कारण थप १ जनाको मृत्यु


बुटवल । नेपालमा कोरोना भाइरसको कारण थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरुष रहेको खुलेको छ । उनी ५ दिन अघि मात्र भारतबाट नेपाल आएका थिए ।
उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा ३ दिन अघि मृत्यु भएको थियो । स्वास्थ्यमा समस्या आएपछि उनलाई तानसेनस्थित अस्पतालमा भर्ना गरिएको थियो । मृत्युपछि उनको स्वाब भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

यससँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ । नेपालमा आज मात्रै ३३४ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको र २९० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । आजै मात्र थप १२ जना घर फर्किएका हुन् ।