कपिलवस्तुमा थपिए एकैदिन २९ जना कोरोना संक्रमित, संक्रमितको संख्या ४ सय ३१ पुग्यो

कपिलवस्तुमा थपिए एकैदिन २९ जना कोरोना संक्रमित, संक्रमितको संख्या ४ सय ३१ पुग्यो


बुटवल । कपिलवस्तुमा आज (विहीबार) थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार कृष्णनगर नगरपालिकाका १७ जनामा कोरोना पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा १७ जनाको कोरोना पोजेटिभ आएको छ । संक्रमित सबै १७ देखि ५१ बर्षीय पुरुष रहेका छन । विहीबार विहान मात्र वाणगंगा नगरपालिका र यशोधरा गाउँपालिकामा गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो संगै हालसम्म कपिलवस्तुमा ४ सय ३१ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।कपिलवस्तु बाहेक बाँकेमा २ सय १३ जना रहेका छन् । रुपन्देहीमा ८९, दाङमा ५८, नवलपरासीमा १५, जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
निर्देशनालयका अनुसार बर्दियामा १३, पाल्पामा ७, गुल्मीमा ५, तथा अर्घाखाँची, पूर्वी रुकुम र प्यूठानमा ३र ३ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये बुधबारसम्म ७० जना निको भएर घर फर्किएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

Share This
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares