बुटवल । कपिलवस्तुमा आज (शुक्रबार) थप ४४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जिल्लाको दुई पालिकामा कोभिड १९ का संक्रमित थपिएका हुन् । जसमा महाराजगञ्ज नगरपालिकामा १५ जना भेटिएका मध्ये वडा नम्बर ९ का ८ र २० वर्षीय दुई जना महिला रहेका छन । बाँकी वडा नम्बर १० का १६, २१, २२, २४, २६, २७, ३५, ३६, ३७, ३९, ३९, ४६ र ४८ वर्षीय पुरुष रहेका छन् ।
यस्तै यशोधरामा ८ महिने शिशु सहित २९ जना संक्रमित थपिएका छन । उनीहरु वडा न ७ का बर्ष ८ महिना, १६, १७, २०, २०, २०, २१, २२, २३, २४, २४, २५, २५, २५, २५, २५, २६, २६, २८, २८, २९, ३०, ३०, ३०, ३८, ३८, ४०, ४५, ५२ वर्षीय पुरुष रहेका स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यो संगै जिल्लामा कूल संक्रमितको संख्या ४ सय ७५ पुगेको छ ।