आज पनि बिहानैदेखि वर्षा, कस्तो छ ३ दिनको मौसम ?

608

आज पनि बिहानैदेखि वर्षा, कस्तो छ ३ दिनको मौसम ?

बुटवल । आज(शनिबार ) पनि बिहानैदेखि देशका विभिन्न स्थानमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले प्रदेश १, २, र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको निसर्ग चक्रवात कमजोर भएर बनेको न्युन चापिय क्षेत्रको प्रभाव कायमै रहेकाले अझै केही दिन वर्षा हुने महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख गरिएको छ ।

आउँदो २४ घण्टामा प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको साथै उच्च हिमाली भेगका केही स्थानमा हिमपातकोसमेत सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । शनिबार प्रदेश १, २, र बागमती प्रदेशमा पूर्ण बदली तथा गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश ५ मा सामान्य बदली रहनेछ ।

प्रदेश १, २, र बागमती प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १, गण्डकी र बागमती प्रदेशमा पूर्ण बदली तथा बाँकी प्रदेशमा सामान्य बदली रहनेछ । प्रदेश १, गण्डकी र बागमती प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार देशका धरैजसो स्थानमा सामान्य बदली रहनेछ । प्रदेश १, बागमती, गण्डकी प्रदेशका केही स्थानमा र कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश २ का १र२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सोमबार प्रदेश १, गण्डकी, बागमती, कर्णाली, सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा प्रदेश २ र ५ मा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती, गण्डकी प्रदेशका थोरै स्थानमा र कर्णाली, सुदूरपश्चिम प्रदेश २ र ५ का १र२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।