कपिलवस्तुमा थप ३९ जना कोरोना संक्रमित थपिए, जिल्ला भर संक्रमित संख्या ५२३ पुग्यो

कपिलवस्तुमा थप ३९ जना कोरोना संक्रमित थपिए, जिल्ला भर संक्रमित संख्या ५२३ पुग्यो


बुटवल । कपिलवस्तुमा कोरोना संक्रमित रफ्तारले बढ्दो क्रममा छन । स्वास्थ्य कार्यालय कपिलवस्तुले दिउँसो पौने तीन बजे दिएको जानकारी अनुसार जिल्लाका दुई स्थानीय तहमा गरी ३९ जना संक्रमित थपिएका छन ।

थपिएका संक्रमित महाराजगञ्ज नगरपालिका र यशोधरा गाउँपालिकाका हुन् । स्वास्थ्य कार्यालयका अनुसार महाराजगन्ज नगरपालिकाका बर्ष ४ देखि ४६ सम्मका ३१ पुरुष रहेका छन भने ६ बर्ष देखि ५५ सम्मका ६ महिला रहेका छन ।
यता यशोधरा गाउँपालिका वडा नं. ७ का एक २५ बर्षीया महिला र सोही वडाका अर्का २५ बर्षीय पुरुष गरी दुई जना संक्रमित थपिएका छन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा गरिएको नमुना परिक्षणमा उनीहरुमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको हो ।

Share This
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares