कोरोना संक्रमणबाट नेपालमा थप एकको मृत्यु, मृत्यु हुनेको संख्या १२ पुग्यो

403

कोरोना संक्रमणबाट नेपालमा थप एकको मृत्यु, मृत्यु हुनेको संख्या १२ पुग्यो


बुटवल । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । डोल्पाका जगदुल्ला गाँउपालिका ३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।

उनि जेठ १८ गते नेपालगञ्ज,सुर्खेत,जुम्ला हुँदै डोल्पा पुगेका थिए । डोल्पामा आरडीटी परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको थियो । उनको २० गते निधन भयो । उनी लामो समयदेखि दमको रोगले पीडित थिए ।
निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारी पुष्टि गरे । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।