एकैपटक ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ हजार २३५ पुगे

एकैपटक ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ हजार २३५ पुगे

बुटवल । नेपालमा आज (शनिवार) एकैपटक ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा आज एकैपटक ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।

यसैबीच नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ भने उपचार पछि निको भएर घर फर्किनेको संख्या ३६५ पुगेको छ । मन्त्रालयका अनुसार आज थप ३२ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

देशभरबाट कुल ३ सय ६५ जना डिस्चार्ज भएका छन् । जसमध्ये २ सय ९९ जना पुरुष रहेक छन् भने ६६ महिला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार शनिबारसम्म पीसीआर विधिबाट ९२ हजार ४ सय ७७ नुमना परीक्षण गरिएको छ । १ लाख ३७ हजार ४ सय ३५ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ ।

संक्रमित हुनेमा मोरङका ६, सुनसरीका ५, सप्तरीका ८, नवलपरासीका ३, बाँकेका १२, बर्दियाका २८, कास्कीका ३, स्याङ्जाका १०, बागलुङका १, बझाङका ६, कञ्चनपुरका २, अछामका १, कैलालीका २, डडेलधुराका १, दैलेखका ४७, डोल्पाका १ जना छन् ।

त्यसैगरी सुर्खेतका १०, जाजरकोटका ४, सल्यानका ३८, अर्खाखाँचीका १, नवलपरासीका २, रुपन्देहीका ३, भक्तपुरका १, धनुषाका ८, कपिलवस्तुका ३९, काठमाडौंका ४, महोत्तरीका ३५, रौटहटका ६ र सर्लाहीका २७ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म क्‍वारेन्टाइनमा रहनेको संख्या १ लाख ६८ हजार ३१ रहेको छ । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या २ हजार ८५७ जना छ ।

गत २४ घन्टामा डिस्चार्ज हुनेमा थप ३२ जना रहेका छन् । यसरी डिस्चार्ज हुनेको संख्या ३६५ रहेको छ ।

जनकपुर प्रादेशिक अस्पतालबाट १५ जना, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट ५ जना, सेती अस्पतालबाट ६ जना र सुर्खेतबाट ७ जना, डिस्चार्ज भएर घर फर्किएका हुन् ।

मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ३७ हजार ४ सय ३५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ९२ हजार ४ सय ७७ परीक्षणहरु गरिएका छन् ।

Share This
  • 70
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    70
    Shares