रुपन्देहीको तिलोत्तमामा सँगै काम गर्ने व्यक्तिले गरे ५ जनाको हत्या

1.3K

रुपन्देहीको तिलोत्तमामा सँगै काम गर्ने व्यक्तिले गरे ५ जनाको हत्या

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १० कान्छिबजार मैनैयाममा एकैसाथ ५ जनाको गएराती हत्या भएको छ । तिलोत्तमा नगरपालिका वडा नं १० कान्छि बजारका कृष्ण पुन को गाई फर्ममा काम गर्ने ६ जना मध्ये ५ जनालाई बञ्चरो प्रहार गरेर हत्या गरेका हुन् । एकजना भने नजिकै रहेको भुसभित्र लुकेको अवस्थामा फेला परेको र उनी अचेत रहेकाले उपचारका लागि अस्पताल लगिएको रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले बताए ।

कृष्ण पुनको गँगादेवी पशुफार्ममासँगै काम गर्ने झपेन्द्र सिँजाली नाम गरेका पुरुषले १ जना महिला तथा ४ जना पुरुषको बञ्चराले हानेर हत्या गरेको हुनसक्ने प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनीहरु सबै स्थानीय रहेका छन् । घटनाबारे बिहानै स्थानीयले खबर दिएपछि मंगलापुर प्रहरी चौकीबाट टोली अपराधस्थलमा पुगेको थियो ।

मृतकहरुमा माधव मुसहर,जानकी मुसहर, करण चौधरी, आशिष चौधरी, पोषराज मुसहर रहेका छन् । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको एसपी थापाले बताए । सुर्खेतका झपेन्द्र सिजापतीलाई घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।