नवलपरासी सुस्तापूर्वमा १२ जनासहित गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमित संख्या १४४ पुग्यो

1.3K

नवलपरासी सुस्तापूर्वमा १२ जनासहित गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमित संख्या १४४ पुग्यो


बुटवल । (आज) मङगलवार विहान नवलपरासी, सुस्तापूर्वमा १२ जनासहित गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो संगै गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या १४४ पुगेको छ ।
कोरोना पुष्टिहुनेमा नवलपरासी, सुस्तापूर्वको बौदीकाली गाँउपालिकाका ४०, १९, ३० ,१८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० वर्षका पुरुष रहेका छन् । यस्तै म्याग्दीको बेनी नगरपालिकाका ४६ वर्षका एक पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिस्थानमा गरिएको परीक्षणमा नयाँ २४ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नयाँ थपएिकामा बाग्लुङको बरेङ गाँउपालिकाका २४, २२, १८, २४, १८, ४९, २३ र २७ वर्षका गरी ८ जना पुरुष र निसीखोला गाँउपालिकाका २१, २६ र २७ वर्षका ३ जना पुरुष रहेका छन् ।
सङ्क्रमित सबै जनालाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
यो सहित गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या १४४ पुगेको छ । ३ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।