बुटवल । सरकारले लकडाउनलाई केही खुकुलो बनाउँदै मोटरसाइकल चलाउन दिने भएको छ । तर मोटरसाइकलमा एक जना भन्दा चढ्न नपाइने सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मोटरसाइकलमा चालकले मात्र यात्रा गर्न पाउने निर्णय गरेको हो ।
उनका अनुसार मन्त्रिपरिषदले उपत्यका लगायत सम्बन्धित जिल्लामा नीजि सवारी साधनलाई जोर बिजोर गरी चल्न दिने निर्णय गरेको छ । उनले खुल्ला गरिएको सवारी साधनमा साइकल, मोटसाइकल र निजी सवारी चल्न पाउने उनले बताए । उनले मोटरसाइकलमा १ जना र निजी सवारी साधनमा ड्राइभरसहित ३ जना मात्रै बस्न पाउने बताए ।
त्यस्तै, निजी सेवा प्रदायक संस्थाहरूका लागि पनि सवारी साधान खुल्ला गरेको उनले बताए । उनले एउटा लहरमा १ जना मात्रै यात्रु बोक्न दिने र सुरक्षाका उपाय अपनाएर संचालन गर्न सकिने उनले जानकारी दिए । त्यस्तै सबै प्रकारका ढुवानी पनि खुला गरिएको छ । यो व्यवस्था बिहीबारदेखि नै लागू हुनेछ ।