बुटवल । नेपाली कांग्रेसका नेता तथा यातायात ब्यवसायी कृष्ण प्रसाद न्यौपानेको निधन भएको छ । न्यौपाने नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा नं ६ का सभापती थिए । न्यौपानेको पाटनको हरिसिद्धी स्थीत नेपाल क्यान्सर अस्पतालमा मङगलवार राती मृत्यु भएको हो ।
गत चैत्र महिनाको पहिलो साता सामान्य ज्वरो आएपछि लुम्विनी प्रादेशिक अस्पताल गएका उनलाई अस्पतालले थप उपचारका लागि भैरहवा स्थीत युनिभर्सल मेडिकल कलेज पठाएको थियो ।
भैरहवामा उपचारमा सुधार नभएपछि काठमाण्डौ स्थीत पाटन अस्पताल लगिएका ६६ बर्षिय न्यौपानेको मंगलबार सांझ साढे ८ बजे उपचारकै क्रममा निधन भएको पारिवारीक श्रोतले बताएको छ । न्यौपानेका २ श्रीमती ४ छोरा र २ छोरी रहेका छन ।
स्वर्गिय न्यौपानेको पार्थिक शरिरलाई बुटवल उपमहानगरपालिका वडा नम्बर २ को गडि टोल स्थित निजि निवासमा राखिएको नगर सभापति खेलराज पाण्डेले जानकारी दिनु भयो । साथै स्वर्गिय न्यौपानेको अन्तेष्टी स्याङ्जाको राम्दिमा ११ बजे गरिने पाण्डेले जानकारी गराउनु भयो ।
स्वं न्यौपाने पश्चिम नेपाल बस ब्यवसायी संघका पुर्व सभापति ,बिभाजित यातायात ब्यवसायी महासंघलाई एकिकृत गरेर बनेको नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघको तदर्थ समितीका संयोजक समेत रहेका थिए ।