गुल्मी । गुल्मी पहिरो जिप पुरिँदा १ जनाको मृत्यु भएको छ । शनिबार अपरान्ह तिर जिल्लाको धुर्कोट गाउँपालिका वडाम्बर ३ हर्रापाटा भन्ने स्थानमा ग १ ज ३९९७ नम्बरको जिप पहिरोमा पुरिएर १९ तुल्सीराम काउछाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले बताए ।
जिप जिल्लाको मदाने गाउँपालिका पुर्कोटदहबाट धुर्कोट गाउँपालिकाको सोमरभोमर भन्ने स्थानका लागि छुटेको थियो । जिप पहिरोमा पुरिएर ५ जना घाइते भएका छन् ।
घाइते चालक अन्दाजी २२ वर्षिय प्रदिप पुन र जिपमा सवार २६ वर्षिय रमेश रानाको अर्घाखाँचीको सन्धिखर्कमा उपचारको लागि लगिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक राजिव श्रेष्ठले बताए ।
अन्य ३ जना सामान्य घाइते भएकाले स्थानीय मेडिकलमा उपचार गरिएको नायव निरिक्षक श्रेष्ठले बताए । घटना स्थलतर्फ इलाका प्रहरी कार्यालय पुर्कोटदहको टोली लागेकाले थप बिवरण आउने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।