बुटवलको सिंह कम्प्लेक्सका व्यबसायीलाई एक महिनाको भाडा छुट

2.2K

बुटवलको सिंह कम्प्लेक्सका व्यबसायीलाई एक महिनाको भाडा छुट

बुटवलको अमरपथमा रहेको सिंह कम्प्लेक्समा व्यबसाय गर्ने व्यबसायीलाई एक महिनाको भाडा छुट भएको छ । विश्वमा कोरोना भाईरस (कोभिड–१९) को महामारीका कारण व्यापार व्यबसाय चौपट भएका बेला व्यबसायीलाई केही भएपनि राहत होस भन्ने उद्देश्यले भाडा छुट गरिएको कम्प्लेक्सका सञ्चालक महेशमान सिंहले बताउनु भयो ।
बुटवल उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहनुभएका सिंहले व्यबसायिक हक हितकालागि संघका तर्फबाट पनि पहल भईरहेको र आफूले व्यक्तिगत रुपमा गर्न सक्ने आफ्नो कम्प्लेक्समा व्यबसाय गर्ने व्यबसायीलाई राहतकालागि भाडा छुट गरिएको बताउँदै व्यबसायीलाई सहुलियत प्रदान गर्न समेत आम रुपमा आह्वान गर्नुभएको छ ।