पहिरोमा ज्यान गुमाउने तीनै जनाको सनाखत

1.3K

पहिरोमा ज्यान गुमाउने तीनै जनाको सनाखत

तीन दिनदेखिको अविरल वर्षका कारण पाल्पाको तानसेन नगरपालिकामा पर्ने तानसेन–तम्घास सडकको सम्मोबारी नजिकै आइतबार सोमबार साँझपख गएको पहिरोले ४ सवारी साधन बगाउँदा ३ जनाको मृत्यु भएको छ । पहिरोमा परि मृत्यु हुनेहरुको मंगलबार सनाखत भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२९ चितवनका ३३ वर्षीय बीरबहादुर गुरुङ, रिब्दीकोट गाउँपालिका–२, देउरालीका ४३ वर्षीय भुवन खाम्चा र पाँचखाल नगरपालिका–८, काभ्रेका २८ वर्षीय निवेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सोमबार दिउँसो तानसेन–तम्घास सडकखण्डमा अविरल वर्षसँगै आएको पहिरोले एक ट्यांकर, बोलेरो जीप, मिनी ट्रक र कार बगाएको थियो । पहिरोले लु १ क १९२८ नम्बरको ट्यांकर, लु २ ख १३७६ नम्बरको ट्रक, लु १ च ७०११ नम्बरको कार र लु २ च ७०४३ नम्बरको पीक अप बगाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो ।
दुर्घटना परि ट्यांकरमा सवार २ जनाको घटनास्थलमै र एकको उपचारको क्रममा मृत्यु भएको हो । पाल्पा जिल्ला सदरमुकाम तानसेनदेखि ७ किलोमिटर टाढा सिम्मोबारीमा पहिरो खसेको हो । यस सडकखण्डमा सडक विस्तारको काम भईरहेको थियो । पहिरोका कारण तानसेन–तम्घास सडकपूर्ण रुपमा बन्द छ ।