घरबहाल छुट गर्न घरधनीसँग अपिल

1.3K

घरबहाल छुट गर्न घरधनीसँग अपिल

कोरोना भाईरसको रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि सघाउ पु¥याउन आग्रह गर्दै सरकारले आह्वान गरेको लकडाउनका कारण उद्योग ब्यबसाय क्षेत्रमा प्रत्यक्ष असर परेकोले लकडाउन अवधीको घरबहाल छुट दिन आग्रह गरिएको छ ।
नेपाल घरबहाल सरोकार संघ रुपन्देहीले कोरोना भाईरसको संक्रमणको रोकथाम, नियन्त्रण र निदानका लागि जारी गरिएको झण्डै ३ महिना लामो लकडाउनका कारण धारासायीको संघारमा पुगेको उद्योग ब्यबसाय क्षेत्रलाई राहत प्रदान गर्न सर्वप्रथम लकडाउन अवधीको घरभाडामा मिनाहा वा भारी छुट गर्न माग गरेको हो ।
यो बिषम परिस्थितीका कारण बिशेषगरि शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात, उद्योग, ब्यापार, पर्यटन लगाएतका क्षेत्रमा यसको प्रत्यक्ष रुपमा नकारात्मक असर परिरहेको छ भने यसबाट खासगरि गरिखाने मजदुर बर्ग र घरबहालमा बस्नेहरु मर्कामा परेको अपिलमा उल्लेख गरिएको छ ।
यसैगरि घरबहालमा लिई पसल संचालन गर्नेहरु, होटेल ब्यबसायीहरु, दैनिक ज्याला मजदुरी गर्ने श्रमिक बर्ग ब्यबसाय धारासायी हुनुका साथै रोजगारी समेत गुमेका कारण अत्यन्तै पिडित बन्न पुगेको भन्दै नेपाल घरबहाल सरोकार संघ रुपन्देहीले जारी गरेको अपिलमा बिषम परिस्थितीमा समस्यामा परेका बर्गलाई दैनिक जिवनयापनका लागि आवश्यक सहयोग तथा राहत उपलब्ध गराउन सरकारसंग समेत माग गरिएको छ ।
उद्योग ब्यबसाय बन्द हुँदा समस्यामा परेका उद्योगी ब्यबसायीहरुलाई बैंक ब्याज मिनाह, घरबहाल कर छुट, पानी, बिजुली, टेलिफोनमा छुट लगाएतका राहतका प्याकेज ल्याउन समेत सरकारसंग आग्रह गरिएको छ । यस्तो परिस्थितीमा कतिपय घरधनीहरुले स्वतःस्फुर्त रुपमा आफ्नो घर वा सटरमा बहालमा बस्नेहरुलाई राहात पुगोस भनि लकडाउन अवधीभरको घरबहाल मिनाह गर्ने तथा छुटदिने गरेको पाइएको संघले जनाएको छ ।
मानविय भावना प्रकट गर्ने घरधनीहरुको भावनालाई सम्मान गर्दै बाँकी सम्पुर्ण घरधनीहरुले पनि कोरोना संक्रमण र संन्त्रासका कारण चहराईरहेको घाउमा मल्हम लगाउन लकडाउन अवधीभरको घरबहालमा मिनाहा वा अधिकतम छुट गर्न हार्दिक अपिल गर्दछौं – जारी अपिलमा उल्लेख गरिएको छ ।